ताप्लेजुङ/ ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका २२ बर्षीय प्रमोद कुवर रहेका छन् । आज दिउँसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्थाई प्रहरी चौकी खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले सो घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।