मोरङ/ वेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेले सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेका छन । उनले ४८ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न घिमिरेलाई घरबाट २ किलोमिटर टाढा गुवालीबाट पक्राउ गरेको छ ।


हिजो (शुक्रबार) बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आएर काठको मुंग्रोले कन्चटमा हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेकामाथि ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box