दमक,१८ असार/ दुई बर्ष अघि आगोले जलेर ज्यानगुमाएकीझापा, कमलगाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।
आगाले जलेर देवीवहादुर बस्नेतका २२ बर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइ दिएका हुन् ।

उपचारका क्रममा विरामीको मृत्यु भएपछि घरवारविहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्नका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको  घर निर्माण समितिका संयोजक हुकुमसिंह राईले बताए।

राईसहितका मनकारी युवाहरुको समितिले सरसहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एक तले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु ५ लाख ४५ हजार १०० रुपैया खर्च भएको समितिका आर्थिक संयोजक हर्कवहादुर रायले बताए।

रायका अनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसी कामदारका रुपमा बस्दै आएका थिए । खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा विरामीको मृत्युभएपछि त्यहिअभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।

घर निर्माणमा नेपाल परिवारले दश धुर जमीन दिएका थिए भने इटा,सिमेन्ट,रड लगायतका कच्चा सामाग्री सहयोगबाटनै जुटाइएको थियो। त्यस्तै ,वडा कार्यालयले पनिआवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाहरुले श्रमदान गरि सहयोग पुरयाँएका थिए ।

संयोजक राईका अनुसार कूलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि रु ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्तभएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु २ लाख१६ हजार ४ सय ६३ रुपैया कूलमायाको परिवारको जिविको पार्जनका का लागि सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । समितिले आज त्यहाँ एक कार्यक्रम गरि बस्नेत परिवारलाई  घरको साँचो,नगद सहयोगको चेक हस्तान्तरण गरिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा समितिका सन्तोष भण्डारी, तेजु आङदेम्बे लगायत,स्थानीय छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो । स्थानीय ७० बर्षिया इन्दिरा पौडेलले बस्नेत परिवारले पुस्तौं पछि भएपनि आफनै घरमा बस्न पाउने अवस्था सिर्जन ा गरेको भन्दै अभियानमा सहभागीहरुलाई धन्यवाद दिएकी थिइन ।

Facebook Comments Box