दमक/झापाको दमक २ स्थित ढुकुरपानीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण गरिएको छ ।
स्थानीयबासीले स्थापना गरेको समाज सुधार प्रतिष्ठान परिसरमा संघीय सरकार र स्थानीय सरकारले सहयोग गरेपछि गुरुकुल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । 
चालू आर्थिक बर्ष २०७७/०७८ मा संघीय सरकारको तराई मधेस समृद्धी कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि प्राप्त कूल ३० लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको वडाध्यक्ष प्रजापति सापकोटाले बताए । सो भवनमा एकसाथ ३० जना सम्म बिद्यार्थीले बसेर अध्ययन गर्न सक्ने व्यवस्था रहेको वडाध्यक्ष सापकोटाले बताए । छिट्टै प्रतिष्ठान, यहाँका सरोकारकारवालाहरुसंग सरसल्लाह गरेर गुरुकूल चलाउने सोच छ यो यहाँका नागरिकहरुको शुरुदेखिकै माग हो – सापकोटाले भने । वडाध्यक्ष सापकोटाको पहलमा संघीय सरकारले प्रतिष्ठान परिसरमा निर्माणाधिन सामुदायिक भवन निर्माणका लागि गत आर्थिक बर्षमा पनि २० लाख रुपैयाँ निकासा गरेको थियो । दमक नगरपालिका मार्फत ति दुवै चरणका बजेट कार्यन्वयन गरिएका हुन ।
समुदायस्तरबाट स्थापना गरिएको प्रतिष्ठानले लोप हुँदै गएको नेपाली भाषाको मातृ भाषाका रुपमा रहेको संस्कृत भाषाको अध्ययन अध्यापनका लागि सरकारले गरेको सहयोग प्रशंसनिय रहेको स्थानीय बिष्णुप्रसाद मिश्र बताउँछन ।