पथरीशनिश्चरेमा मौरीपालन तालिम

Author Nishkarsha News
२०७८ असार १५, मंगलवार २०:४६
 पथरीशनिश्चरे / पूर्वी मोरङको पथरीशनिश्चरेमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मौरी पकेट कार्यक्रम अन्तर्गत मौरी पालन सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालय र पथरीशनिश्चरे मौरी पालक कृषक समूहको संयुक्त आयोजनामा सञ्चालित तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले मासु र अण्डामा आत्मनिर्भर हुँदै गएको नगरलाई‌ ‌अव मौरीमा पनि आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो । नगरका अगुवा मौरी पालक कृषकको सहभागितामा वडा नम्बर १ मा सञ्चालित तालिममा जिल्लाका मौरीपालक अगुवाहरु रेवतीकुमार तिम्सिना र वोधराज खतिवडाले सहजिकरण गर्नुभएको थियो । तालिमपछि कृषकहरु उत्साहित हुँदै औषधीय गुणयुक्त सुद्ध मह उत्पादन गरेर स्वस्थ जीवनको सन्देश सहित आय आर्जनमा लाग्ने विश्वास व्यक्त गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्