दमक/दमकबाट मोटरसाइकल चोरी गरेर मधुमल्ला तर्फ पुरयाएका दुई जनालाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । गए राती ( शुक्रबार) दमक ७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा  को २७ प ९४३६ नं.को मोटर साइकल चोरी भएको थियो ।


चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का १९ बर्षिय मिलन कार्की र मिक्लाजुङ वडा नं. ९ का होमराज कन्दङ्वालाई मधुमल्ला बजार नजिकैबाट इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।  शनिबार बिहान ६ बजे मोटरसाइकल डोर्याउँदै आएका इलाका प्रहरी कार्यालय दमकको हुलीयाका आधारमा शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चोरी गरी ल्याएको खुलेको थियो ।

 

Facebook Comments Box