अलपत्र बृद्धको उद्धार गरी दमक अस्पताल पुरयाइयो

Author Nishkarsha News
२०७८ जेष्ठ २३, आईतवार १८:५२

दमक/असहाय मानव सेवा समाजका स्वयंसेवीहरुले दमक ८ स्थित बालुवाटारमा केही दिनयता अलपत्र अवस्थामा रहेका एक जना असहायलाई उद्धार गरेका छन ।


सो संस्थाका स्वयंसेवीहरुले आज ( आइतबार) दिउँसो अन्दाजी ६०/६५ बर्षको आर्यन मुलको देखिने तत्काल स्पष्ट पहिचान खुल्न नसकेका ति बृद्धको उद्धार गरेर स्थानीय सरकारको जिम्मा लगाएका हुन ।  संस्थाकी सचिव पुनम रिजाल, कोषाध्यक्ष सिता उप्रेती र सदस्य श्याम तिम्सिनासहितको समुहले उनलाई तत्काल सरसफाई र आवश्यक व्यवस्थापन गरी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई सम्पर्क गरेको थियो । सो लगत्तै सम्बन्धित कर्मचारीले ति बृद्धलाई दमक अस्पतालमा उपचारका लागि पुरयाएका बताइएको छ ।

 

 

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्