दुधेमा मोटरसाइकल दुर्घटना – एक जनाको मृत्यु

Author Nishkarsha News
२०७८ जेष्ठ १६, आईतवार २१:२६

दमक/झापाको शिवसताक्षीमा पर्ने दुधे–शिवगञ्ज सडक अन्तर्गत दुधेमा आज साँझ करिब ७ बजे भएको मोटरसइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  शिवगञ्जबाट दुधेतर्फ आउने क्रममा बिच सडकमा राखिएको डिभाइडरमा आफैंले चलाएको मे १२ प २३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर भएको दुर्घटनामा शिवसताक्षी ६ का अन्दाजी ३५ बर्षिय जिवन दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दर्नालको उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउने वित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरिक्षक ध्रुवनारायण प्रधानले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्