सखुंवासभा/ संखुवासभाको खाँदबारी–३ चिसापानी गुम्बा टोलमा तीन बर्षिया एक नाबालिकाको घरै छेउमा नालीको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय सुरेश गुरुङकी ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन ।
उनको खाँदबारीस्थित गोपाल भगत मेमोरियल हस्पिटलमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।