धनकुटा/ धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्न डोरीले तान्दा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।