कांग्रेस झापाका नेता देवी दाहाललाई पितृशोक

Author Nishkarsha News
२०७८ जेष्ठ ४, मंगलवार २२:२९

दमक/ नेपाली कांग्रेस झापाका पूर्व कोषाध्यक्ष एवं दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाललाई पितृशोक परेको छ ।
दाहालका बुबा विष्णु प्रसाद दाहालको ९४ बर्षको उमेरमा आज मंगलबार राती पौने ९ बजे निजी निवास दमक १० मा  निधन भएको हो । स्व . दाहालका तीन छोराहरु  देवीप्रसाद, माइला अम्बिका प्रसाद र कान्छा हेमसागर दाहाल र पाँच छोरी छन । स्व. दाहालको भोली (बुधबार) बिहान कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्