मोरङ/ मोरङको लेटाङ–३ त्रिशुली चोकमा सोही ठाउँका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार हत्यामा संलग्न सोही ठाउँका २१ बर्षीय सुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनीहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको निहुँमा राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाएर फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पु¥याउन साथ मृत्यु भएपछि फरार रहेकाहरुलाई ईलाका प्रहरी कार्याल लेटाङको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।