दमक/ मोरङको ग्रामथान गाउँपालिका वडा नं.४ स्थित भित्रि कच्चि सडक खण्डमा लोहोन्द्र खोलाबाट बालुवा बोकेर लैजादै गरेको ट्रयाक्टरको इन्जिनमा च्यापिएर ट्रयाक्टर चालकको ज्यान गएको छ ।
को १ त ४९०२ नम्बरको ट्याक्टरमा बालुवा लोड गरेर लैजादै गर्दा ट्याक्टरको अगाडीको भाग ईन्जिन  उठेर ट्याक्टर चालक मोरङ् कटहरी गाउँपालिका वडा नं.७ का ३५ बर्षिय दिल कुमार मुडयारीको मृत्यु भएको हो । आज बिहान ३ बजे भएको सो दुर्घटनाका घाईते मुडरियाको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box