दमक/ झापामा क्रियाशील पुराना पत्रकारद्धय गञ्जबहादुर दाहाल र गोविन्दचन्द क्षेत्रीसहित प्रदेश १ का चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । प्रदेश १ सरकारले बर्षेनी प्रदान गर्ने गरि स्थापना गरेको सो पुरस्कार प्रदान गत बर्ष र यस बर्षका लागि चार जना छनौट गरिएका हुन । दाहाल र क्षेत्रीसंगै उर्लाबारीकी ललिता भट्टराई र उदयपुरकी कौशल चेम्जोङलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।


झापामा क्रियाशील पत्रकार दाहालको कर्मथलो दमक हो । विगत ४० बर्ष अघिदेखि निरन्तर दमकमा जनज्योती साप्ताहिकको प्रकाशक/ सम्पादक र १५ बर्ष अघिदेखि पूर्वसन्देश दैनिकको प्रकाशक /सम्पादकका रुपमा उनी क्रियाशील छन । पत्रकार क्षेत्री चन्द्रगढीलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि क्रियाशील छन । क्षेत्री झापा जिल्लमै क्रियाशील ज्येष्ठ पत्रकार हुन ।
हरेक बर्ष वैशाख २४ अर्थात राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर प्रदान गर्ने गरी स्थापना गरिएको सो पुरस्कार प्रदान गर्ने कार्यक्रम भने कोरोना महामारीका कारण सम्भव हुन नसकेको उल्लेख छ । सो पुरस्कारको राशी जनही एक लाख र सम्मान पत्र रहेको छ । प्रादेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष लिलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य रहेको छनौट समितिले पुरस्कार प्रदान गर्न योग्य पत्रकारहरुको नाम सिफारिस गरेको र सोही आधारमा मन्त्रीस्तरीय निर्णयबाट पुरस्कृत व्यक्तित्वहरु छनौट गरिएका हुन ।

Facebook Comments Box