दमक/ झापाको दमक नगरपालिकामा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा आगामी आइतबारदेखि फरक फरक क्षेत्रका सेवाग्राहीको काम फरक फरक दिनमा गर्ने तालिका बनाइएको छ । कोरोनाको संक्रमण बढेको र स्वास्थ्य सुरक्षाका लागि सरकारले तोकेको मापदण्ड कार्यान्वयन गराउन यस किसिमको योजना बनाइएको हो ।
मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालका अनुसार आगामी वैशाख १९ गतेदेखि लागू हुने गरी त्यस्तो तालिका बनाइएको छ । जस अनुसार हरेक पालिकाका सेवाग्राहीले फरक फरक बारमा आएर मालपोत र नापी कार्यालयबाट सेवा लिनुपर्ने हुन्छ ।
कुन पालिकाको पालो कुन बार ? ( हेर्नुहोस सूचना जस्ताको तस्तै)
