दमक/आफैंले चलाएको मोटरसाइकल सडक बिचको खाल्डोमा अनियन्त्रित भई दुर्घटना हुँदा नेविसंघका नेता एवं कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति महेन्द्र भट्टराई घाईते भएका छन ।

झापाको कमल १ का स्थायी बासिन्दा भट्टराई आज शनिबार बिहान सवा १० बजे आफैंले चलाएको ७३९२ नम्बरको बुलेट बाइकमा दुर्घटनामा परेका हुन ।
कमल १ सोलमारीमा भएको दुर्घटनामा घाईते भएका भट्टराईको शरिरका चार वटा करङ भाँचिएका छन । उनको दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ । निष्कर्ष न्यूजसंगको सम्पर्कमा नेता भट्टराईले आफनो उपचार क्रम जारी रहेको बताए ।