दमक, झापाको कमल गाउँपालिका ५ मा रहेकाे आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्ष संग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प तत्काल वन्द भएको जनाएको छ ।
हिजो दमकमा पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दै विगत केही महिना देखि रंगशाला समिति र राज्यपक्षका प्रतिनिधिहरुबीच रंगशालाको नामको विकल्पको विषयमा छलफल भइरहेको र त्यस छलफलको भाव अनुसार राज्य गंभीर नभएकाले विकल्प नखोज्ने निर्णयमा पुगेको जनाएका हुन् ।