विराटनगर/ भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । तेह्रथुम, छथर गाउँपालिका ६ असिनेका ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरेकी ६० बर्षीया मनमाया राईको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे बालिका मगर आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेको थियो । उनको टाउको देखि घाँटी सम्म जलेको थियो । त्यसैगरी सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस भएकी राईको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।