पुराना पत्रकार मिश्रको कोरोना संक्रमणबाट मृत्यु

Author Nishkarsha News
२०७८ बैशाख २, बिहीबार ०९:०७

झापा/ कोरोना संक्रमणका कारण झापाका पत्रकारको निधन भएको छ ।  झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विभिन्न रोगले ग्रसीत मिश्र केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराति १ बजे वहाँको निधन भएको मिश्रका भान्जा तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिनु भयो । पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य समेत रहनु भएका बिर्तामोडका ४८ बर्षीय पत्रकार मिश्र केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आउनु भएको थियो । सेतोपत्रबाट

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्