मिस टिनको उपाधि साम्राज्ञीलाई, दमककी सुरक्षा भइन फस्ट रनर अप

Author Nishkarsha News
२०७८ बैशाख १, बुधबार २१:३३

दमक/ मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रणित पुडासैनीले जानकारी दिए ।

उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि पाएकी छन् ।  उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद् २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरु समेतले छात्रबृद्धि पाउने पुडासैनीले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्