आदरणीय यस लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति का उपभोक्ता महानुभावहरु यश खानेपानीको छेत्र भित्र केही समयदेखि सड़क बिस्तारको क्रम चलिरहेको सबै लाई जानकारी भएको बिषय नै हो । उपभोक्ता समिति हरपल नियमित पानी आपूर्ति गर्न प्रतिबध्द छ । सडक बिस्तार को क्रममा बारम्बार खानेनेपानीको पाइप मा क्षयती हुदा पानी आपूर्तिमा समस्या भएका कारण अहिले समस्या बढेको हुदा यही परिस्थितिका कारण यश समिति र नेतृत्व माथि बिभिन्न नाममा फेसबुक समूह प्रयोगकताहरुले बिधि र प्रक्रियाको ख्याल नगरी मान मर्दन हुने आसयका अनर्गल प्रचार गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता गतिविधि नगर्न हुन यसै सूचना मार्फत सचेत गराइन्छ ।