दमक/झापाको भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट बिहीबार ( गएराती ) साढे ८ बजे ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ४० बर्षीय लोकेन श्रेष्ठ , भद्रपुर नगरपालिका १० का ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box