दमक/झापाको दमकमा आज साँझ टिपरको ठक्करबाट घाईते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पछिल्लो समय विएण्डसी अस्पताल विर्तामोड उपचारका लागि लगिएका घाईते रतुवामाई ८ का २३ बर्षिय निरन बस्नेतको मृत्यु भएको हो । यससंगै सो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि मोरङ रतुवामाई ८ का २४ बर्षिय अनिष कोइरालाको मृत्यु भएको थियो । ठक्करबाट रतुवामाई ८ कै १८ बर्षिय हर्षित बाँस्तोलाको अवस्था गम्भिर छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई पश्चीमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो । टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि राजमार्ग उत्तर तर्फ चिया बगान छेवैको एउटा रुखमा समेत ठोक्किएको थियो ।
सोही टिपरले पुर्वबाट पश्चिम जाँदै गरेको अर्काे को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमकमा उपचार भईरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments Box