दमक/ राष्ट्रिय महिला अधिकार मञ्च झापाले दमकमा महिला हिंसा सम्बन्धि कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका जिल्ला अध्यक्ष पुनम संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा ६० भन्दा धेरै महिलाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय महिला अधिकार मञ्च केन्द्रिय सदस्य मन्धरा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कानुनले महिलालाई दिएको अधिकार, घरेलु हिंसा, घर बाहिरा हुने महिला हिंसा लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।


कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर अध्यक्ष रमा लिम्बु, प्रदेश सदस्य बिना निमान लिम्बू, नगर उपाध्यक्ष पबित्रा संग्रौला, जिल्ला सदस्य झुमा सेढाई, सावित्रा दंगाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्च नगर सचिव अन्जु उप्रेतीले गरेकी थिइन ।

Facebook Comments Box