काठमाडौं/आज बिहान नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ । स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो । दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन । जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comments Box