दमक,१० फागुन /  पत्रकार मञ्च दमकको नाममा आज आयोजना गरेको भनिएको साधारणसभा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेका छन् । ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई वेवास्ता गरेकाले नैतिक रुपले साधारणसभा बस्न उपयुक्त नभएको उल्लेख गरिएको छ । संस्थाका कतिपय संस्थापक र कतिपय पूर्व अध्यक्षहरु र अधिक सदस्यहरुलाई सहभागी नगराई मञ्चले साधारण सभाका नाममा गुटगत भेला मत्रै गरेको ति संगठनका नेताहरुल बुझाई छ । विज्ञप्तिमा युनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा र  प्रेस संगठनका तर्फवाट अनिलदेव राईको हस्ताक्षार छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ ।

Facebook Comments Box