इटहरी/ सुनसरीको ईटहरी उपमहानगरपालिका १७ पकली चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
हिजो बुधबार दिउँसो पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा बेलका नगरपालिका ९ का ५४ बर्षिय राजेन्द्र साहको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका मोटरसाईकल चालक साहको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।