करेन्टले लियो ज्यान

Author Nishkarsha News
२०७७ माघ १५, बिहीबार ११:०४

उर्लाबारी/  मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्