दमक/ बिराटनगर ६ स्थित रामपुर तर्फ जाने पक्की सडकमा आज सिटी सफारी दुर्घटना हुदा एक बृद्धाको ज्यान गएको छ ।
को १ ह ६८९१ नम्बरको सफारी दुर्घटना हुदा त्यसमा सवार बिराटनगर १५ बस्ने बर्ष ६८ कि प्रभा पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा घाईते पोखरेलको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा दिउसो करिब १ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सफारी चालकको लापरवाहीका कारण सो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।