विर्तामोड/ झापाको विर्तामोडस्थित वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा निर्वाचित भएका छन् । 
वीरता जेसीजको ४० औं अधिवेशनबाट घिमाल सर्वसम्वत निर्वाचित भएका हुन । अरु ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि धिमाल सर्वसम्मत अध्यक्ष बनेका हुन । त्यसैगरी अन्य पदाधिकारीहरु पनि निर्वाचित भएका छन । निर्वाचित हुनेहरुमा कानुनी सल्लाहकारमा प्रविण खड्का, सहसचिव टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरद्विप साह, सुरज चौधरी रहेका छन् । जनसम्पर्क अधिकारी अनन्तलाल महतो, प्रकण निर्देशक कमल श्रेष्ठ, तालिम संयोजक प्रभात मास्के सर्वसम्वत निर्वाचित भए ।
जेसीजका विभिन्न पदका लागि पदाधिकारीहरु चयन भए कार्यकारी उपाध्यक्षमा सर्वसम्वत हुन सकेको छैन । उक्त पदका लागि २ जना चयन हुनुपर्नेमा अहिले ३ जना को उम्मेदवारी रहेको छ । महासचिव र कोषाध्यक्षको पदमा नव निर्वाचित अध्यक्षले पदाधिकारी चयन गर्न पाउने प्रावधान भएकाले पदहस्तान्तरण समारोहमा उक्त पदका लागि मनोनित नाम सार्वजनिक गरिने बताईएको छ ।