दमक/ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी १० झिलझिले खण्डमा भएको दुर्घटनामा शौचालय गएर फर्किँदै गरेका एक जनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान राती १ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकको ठक्करबाट शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअप गाडीका चालक भोजराज आचार्यको मृत्यु भएको हो । मोरङ केरावारी गाऊँपालिका ८ घर भएका ४६ बर्षीय आचार्यको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा आज बिहान करिब १० बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका ४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमवार राती साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।