दमक/ दमकमा क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपाल दमक शाखामा आवद्ध सदस्यहरुले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि ३० हजार रुपैया नगद सहयोग गरेका छन ।

संस्थामा आवद्ध सदस्यहरुले संस्था मार्फत निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा सहयोग पुरयाउने उद्धेश्यले सो सहयोग रकम प्रदान गरेका अध्यक्ष दिपक खडकाले जानकारी दिए । अध्यक्ष खडकासहित संस्थाका सल्लाहकार एवं पदाधिकारी, सदस्यहरुको टोली आज बिहान निर्माणाधिन रंगशालामा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम हस्तान्तरण गरेका जनाइएको छ । फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर गरिरहेको सो महत्वपूर्ण काममा सहयोग गर्न पाउदा संस्थाका सदस्यहरुले खुशी व्यक्त गरेका छन ।
