विर्तामोडमा दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाईते

Author Nishkarsha News
२०७७ मंसिर ३, बुधबार १५:४६

दमक/ झापाको विर्तामोडमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल र अर्का एक छन । ति मृतकको तत्काल परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाईते भएका छन । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
शुरुमा पश्चिमबाट पूर्व आउदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठोक्किएका थिए । सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले मोटरसाइकललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए ।
ट्रक चालक फरार रहेका छन् भने ट्रक प्रहरीले नियन्त्रणमा रहेको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्