बिर्तामोड/ झापाको बिर्तामोड–२ फुलबारी टोलबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन ।


पक्राउ पर्नेमा सोही ठाउका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन । उनीहरुलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरिएको छ ।

Facebook Comments Box