दमकमा लागूऔषधसहित दुई पक्राउ

Author Nishkarsha News
२०७७ कार्तिक २५, मंगलवार ०८:०१

दमक/ दमक नगरपालिका ८ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक ७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवाइल सहित दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुको कार्कीको घरबाट पक्राउ परेका हुन । पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुई दिन अघि दमक २ का एक युवा पनि मेची नगरमा लागूऔषधसहित पक्राउ परेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्