दमक/ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको दमकस्थित आम्दा अस्पतालको सेवा आजदेखि सूचारु भएको छ । लगातर तीन दिनसम्म बन्द भएको सेवा आजदेखि पुन शुरु भएको अस्पतालले जनाएको छ । अस्पतालको निर्मलीकरणपछि विहिबार विहानबाट अस्पतालले अत्यआवश्यकीय सेवा शुरु गरेको बताईएको छ ।
आम्दा अस्पताल दमकमा समुदाय स्तरको सबैभन्दा ठुलो अस्पताल हो । विशेष गरेर प्रसुती सेवाका लागि यो प्रख्यात रहेको छ । झापा सहित इलाम, मोरंग र पाँचथरबाट समेत प्रसुती सेवाका लागि महिलाहरु आउने गरेकाछन् । अस्पताल बन्द प्रसुती सेवाका लागि यस क्षेत्रका महिलाहरु बिराटनगर तथा धरान जानु पर्ने अवस्था पनि आएको थियो ।
आम्दा अस्पताल दमकको भवन पछाडी रहेको स्थानमा कोरोनाका विरामीहरु आईसुलेसनमा राखिदै आएको छ । यसले अस्पतालको अन्य सेवामा असर नपर्ने र डराउनु पर्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. प्रकाश शर्माले जानकारी दिए ।