विराटनगर/ बिराटनगरस्थित जुटमिलको पर्खाल भत्किँदा एक बृद्धको ज्यान गएको छ ।
वडा नं १५ रानी एरियाका ५५ बर्षीया समिरु नेसाको पर्खाल भत्किएर किच्दा ज्ज्यान गएको हो ।
प्रहरीका अनुसार आज बिहान साढे ८ बजे टयुबेलमा पानी लिनका लागि जादै गर्दा एक्कासी सोहि ठाउँमा रहेको बिराट जुटमिलको पक्की पर्खाल भत्किदा घाईते भएका उनको उपचारका क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको हो ।