दमक/ प्रदेश एक अन्तर्गत मोरङ र संखुवासभामा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङ जहदा १ की १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको हो ।
आज बिहान ७ बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा परेर रबिनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ । त्यसैगरी संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको प्रहरी चौकी सिद्धपोखरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।