दमक/   दमक र उर्लाबारीमा हिजो साँझ भएका दुर्घटनामा २ जना घाईते भएका छन । दमकको फाइन होटल अगाडी पुर्बपश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको मे १० प ५६२ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङ पथरी –१ का ४३ बर्षिय सनम भट्टराई गम्भिर घाईते भएका हुन । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङ उर्लाबारी न.पा. ३ राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे १ ज २३७६ नं. को सुमोले पैदल यात्री तत्काल नाम थर नखुलेका अन्दाजी ५५ बर्षिय पुरूषलाई ठक्कर दिएर घाइते बनाएको छ । उनको उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको घाइतेको टाउको र हातखुट्टामा चोट लाग्दा गम्भिर अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box