आज प्रदेश १ सहित विभिन्न ठाउँमा मेघगर्जनसहित बर्षा

Author Nishkarsha News
२०७७ भाद्र २१, आईतवार ०७:३७

दमक/ आज प्रदेश नम्बर १ का विभिन्न ठाउँमा पानी पर्ने मौसमविदहरुले जनाएका छन ।
दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । भोलि र पर्सि पनि मौसम यस्तै रहने अनुमान छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्