बैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको बाटो खोलियो

Author Nishkarsha News
२०७७ भाद्र १५, सोमबार २०:४४

काठमाडौं/   सरकारले श्रम स्वीकृतिका लागि बाटो खोलेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।  आजैको दिनदेखि श्रम स्वीकृति खुले पनि कुन कुन देशका लागि खुलेको र यसका मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आउन बाँकी रहेको पनि उनले बताए । ‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुलेको हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानिर्देशक दाहालले भने ।
सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन ः श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै दिने गरिएको छ । काठमाण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन । कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो । ( उज्यालो नेटवर्कबाट)

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्