दमकमा तीन सुरक्षाकर्मीसहित थप १३ जनामा कोरोना

Author Nishkarsha News
२०७७ भाद्र ३, बुधबार १४:३७

दमक/  झापाको दमकमा आज थप ३ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि हुनेमा २ जना समुदायका छन भने अन्य सबै क्वारेन्टाइनमा बस्दै आएका हुन् । संक्रमण पुष्टि भएकाहरु सबै पुरुष हुन् । उनीहरुलाई थप उपचारका लागि लैजाने व्यवस्था भईरहेको निरिक्षक बरालले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्