कोरोना संक्रमण समुदायस्तरमै बढेपछि झापाको दमकबासीहरु चिन्तित भएका छ्न । विभिन्न  संघ सस्था , सेवा प्रदायक कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि ति कार्यालयहरुमा प्रत्यक्ष जोडिएका स्थानीयहरु चिन्तित भएका हुन ।

 दमकस्थित बिध्युत प्राधिकरणमा कार्यरत कर्मचारी ५ जना सन्क्रमित भएको पुष्टि भए लगत्तै जीवन बिकास समाज नामक लघुबित्त सस्थामा कार्यरत २ जनासहित चार जनामा हिजो संक्रमण पुष्टि भएको छ । दमकको क्याम्पसमोड , बिजुली अफिस आसपासमा उनीहरुको बसोबास रहेको थियो । समुदायमा महिलाहरुको समूह बनाएर रकम संकलन तथा महङो ब्याजदरमा कर्जा लगानी गर्ने गरेका उनीहरु दमकसहित आसपास कमल गापा क्षेत्र र चुलाचुली सम्म पुग्ने गरेका थिए । तर पछिल्लो समय उनीहरु कहाँ कहाँ सम्म पुगेका थिए भन्ने पूरा विवरण संकलन हुन बाकी नै छ । यसलाई कन्ट्र्याक ट्रेस भन्ने गरिन्छ ।  पाँच दिन अघि संक्रमण पुष्टि भैसकेकाहरु सग सम्पर्कित समुदायका  मानिसहरुको समेत अझै पिसीआर परिक्षण हुन सकेको छैन ।

दमक थप सुनसान बन्दै

यसैबिच दमकमा लकडाउन घोषणा गरिएको तेश्रो दिन आज अघिल्ला दुई दिनको तुलनामा थप सुनसान हुने संकेत देखिएको छ ।   संक्रमणको क्रम बढदै गएपछि सर्वसाधारणहरु आफै सचेत हुँदै घरमै बस्न थालेका हुन । बजार क्षेत्रमा केही कालोबजारी गर्दै महङ्गो दाममा भित्र भित्रै सामान बेच्ने गिरोह भने सक्रिय भएको पाईन्छ । दमकमा भारतीय बजारबाट भित्रिने सामानहरु भन्डारण गरेर रातारात महङ्गो मुल्यमा बेच्ने, सुनसान भएको मौका छोपेर खोलाबाट बालुवा , गिटि उत्खनन गर्ने गिरोह भने रातारात सक्रिय भएको हो ।

Facebook Comments Box