दमक । कोरोना संक्रमण समुदायमा फैलिदै गएको र जनस्तरबाट दमकमा तत्काल लकडाउन गर्न दबाब आइरहदा आज नगरपालिकामा आकस्मिक बैठक शुरु भएको छ । नगरपालिकाको सभाकक्षमा नगर प्रमुख रोमनाथ ओली सहितका जनप्रतिनिधि , दमक उध्योग बाणिज्य संघका पदाधिकारी, स्वास्थ्य सरोकारवालाहरु समेत बैठकस्थल तर्फ लागेका छन । नगरपालिकाकी प्रबक्ता गीता अधिकारीले पछिल्लो अवस्थाका विषयमा छलफल आवश्यक भएकोले बैठक बस्न लागिएको बताइन । दमकमा हिजो मात्रै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै दमकमा सन्क्रमितको संख्या २० पुगिसकेको छ । आजनै दमक उध्योग बाणिज्य संघले ४ बजेदेखि अनिश्चितकालका लागि व्यापार ब्यवसाय बन्द गर्ने निर्णय गरिसकेको छ ।