झापामा ९ सहित प्रदेश एकमा थपिए ४८ संक्रमित

Author Nishkarsha News
२०७७ श्रावण २८, बुधबार १५:३७

दमक ।  झापामा ३ महिलासहित ९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थपिएका सन्क्रमित सबै मेची नगरका भएको बताइएको छ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयका अनुसार मोरङमा २४, सुनसरीमा १४ र झापामा ९ जना सन्क्रमित थपिएका हुन । यससगै प्रदेश एकमा सन्क्रमितको संख्या १ हजार ६१९ पुगेको छ । संक्रमणका कारण हिजो मात्रै मोरङको बुढीगङाकी एक महिलाको मृत्युु भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्