सांसद यादव, निजी सुरक्षाकर्मी र चालकलाई कोरोना

Author Nishkarsha News
२०७७ श्रावण १७, शनिबार १२:०२

वीरगन्ज / संघीय संसद सदस्य प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।


यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो । यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो । जनता समाजवादी पार्टी नेपालका सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको हो । सांसद यादवसंगै पर्सामा कोरोनाका संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्