झापामा कोरोनाको संक्रमण बढ्ने सम्भावना उच्च, दमक बजारमा छैन सावधानी

Author Nishkarsha News
२०७७ श्रावण ९, शुक्रबार १९:१८

दमक/लक डाउनको अन्त्य लाई कुनै दल बिशेषले गरेको ’बन्द फिर्ता ’ को अर्थमा बुझ्ने मूर्खता नगरौ, झापाको सिमा क्षेत्रमा खटिएका १८ राष्ट्रसेवक कर्मचारी सहित २५ जनामा कोरोना पुष्टि भएसंगै अब समूदायमा कोरोना संक्रमणको सम्भावित खतरा प्रति थप सजगता अपनाउन जरुरी भईसकेको छ ।
नेकपा झापाका नेता सीपि कँडरियाले शुक्राबार आज साँझ आफ्नो फेसबुक वालमा लेखेका छन् । नेता कँडरियाका यि शब्द उदाहरण मात्रै  हुन ।

शुक्रबार साँझ झापामा १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भए लगत्तै झापाबासी चिन्तित बनेका छन् । सीमामा खटिएका सुरक्षाकर्मी संक्रमित भएबाट राती राती सीमा वारपार गर्ने समुहका कारण समुदायमा कोरोनाको संक्रमण उच्च हुने सक्ने सम्भावना आंकलन गरेका छन् । नागरिक अगुवाहरु तथा सरोकारवालाहरुले लक डाउन खुलेसंगै कोरोनाको जोखिम उच्च भएको भन्दै पर्याप्त सतर्कताको लागि आवाज उठाइरहेका छन् ।
दमक बजारमा लापरवाही
सरकारले लक डाउन अन्त्यको घोषणा गरेपनि यसको जोखिम उस्तै रहेको भन्दै सामाजिक दुरी कायम राख्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने भनेपनि त्यसको कार्यान्वयमा लापरवाही हुँदा कोरोनाको जोखिम थप बढेको छ ।

यहाँका बढी भिडभाड हुने तरकारी बजार, पशुहाट, होटल तथा रेष्टुरेँन्टहरुदेखि अधिकांश व्यापारीक कारोबारस्थलहरुमा सतर्कता अपनाएको पाइँदैन ।
शुक्रबार साँझ दमकको नयाँ तरकारी बजारदेखि किराना पसलहरु , अधिकांश होटल तथा रेष्टुरँेन्टहरुमा अधिकांश मानिसहरु मास्क नलगाई हिंडडुल गरिरहेका देखिन्थे ।

नगरपालिका कार्यालयमा सेनिटाइजरको व्यवस्था भएपनि कतिपय सेवाग्राहीहरु मास्क कार्यालय प्रवेश गरिरहेको दृश्य देख्न सकिन्थ्यो ।
कर्मचारीहरु अधिकांश मास्कको प्रयोगमा बानी परिसकेपनि कतिपय सेवाग्राहीहरु प्रवेशद्धारमा राखिएको सेनिटाइजर दल्न पनि आनाकानी गर्दै प्रवेश गर्ने गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्