दमक/ आज (शुक्रवार) देशभर थप ११८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२० रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परिक्षण भएको छ । अहिलेसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन् भने आठ हजार ६ सय ३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ८ हजार ११ पुगेको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परिक्षण भएको छ । हाल सम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ रहेको छ ।
दमकका ५६ जनाको रिपोर्ट नेगेटिभ
यसैबीच गत बुधबार स्वाव संकलन गरि पिसीआर विधीबाट परिक्षणका लागि दमकबाट पठाइएका ५६ जना सबैको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले दुई दिन अघि (गत बुधबार) परिक्षणका लागि दमकका दुई वटा क्वारेन्टिनमा रहेका ५६ जनाको स्वाव संकलन गरि पठाइएकोमा ति सबैको रिपोर्ट नेगेटिभ आएकोले आत्तिनु पर्ने अवस्था नरेहको तर पर्याप्त सावधानीको भने उत्तिकै खाँचो औल्याएकी छिन् ।