गौरीगञ्ज/महिला हिंसा विरूद्व कानुनी लडाइँ लड्ने बिषयमा एक दिने जनचेतनामूलक कार्यक्रम बुधबार गौरीगञ्जमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको सांसद पुर्वाधार विकास बजेटबाट सञ्चालित उक्त क्षमता अभिवृद्धि कार्यक्रमको प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य तथा गौरीगंज गाउँ कमिटी सह ईन्चार्ज सिताराम अधिकारी थिए ।


गौरीगञ्ज गाउँपालिकाको वडा नं. ३,४, ५ र ६ का करिब ६४ जना सहभागि महिलाहरूलाई लैङ्गकि हिंसा, घरेलु हिंसा, सम्बन्ध विच्छेद, बहुविवाह र त्यसका विरुद्ध कानुनी व्यवस्थाका बिषयमा जानकारी गराइएको थियो ।
अखिल नेपाल महिला संघको आयोजना र महिला सञ्जालको व्यवस्थापनमा भएको कार्यक्रमको अध्यक्षता मनिका राईले गरेकी थिइन् ।
गौरीगंज गाउँपालिकाको वार्ड नं. ६ को सभाहलमा भएको कार्यक्रमको सहजिकरण केदार ढुङ्गेल, अधिवक्ता लक्ष्मी निरौला, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले गरेका थिए ।
कार्यक्रममा नेकपा गाउँ कमिटि ईन्चार्ज विद्यानन्द राजवंशी, महिला सशक्तीकरण गौरीगंजकी अध्यक्ष फुलवती राजवंशी, बाबुराम कटुवाल, वडा नं. ३ का ईन्चार्ज रूपक श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए । सर्मिला राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मैना भुजेलले गरेकी थिइन ।

Facebook Comments Box