दमक÷ झापाको कमल गाउँपालिकाकोे सातौ गाउँसभा बुधबार शुरु भएको छ । गाउँसभाको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । सो क्रममा उनले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताए । तीन वर्षको अवधीमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको २ वर्षमा बाँकि रहेका काम पूरा गर्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत् गरिन् । यस्तै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनमानित आय–व्यय (बजेट) प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । दुर्गा ढुंगेललाई सर्वोत्कृष्ट तथा दूर्गा कार्की, बाबुराम थुलुङ्, गौरीशंकर ओली र सुवाश दाहाललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो ।

Facebook Comments Box